थप ७७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

  • प्रकाशित मिति : March 11, 2022
  • लोकतान्त्रिक संवाददाता

२७ फागुन, काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ।

शुक्रबार १८९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ५ हजार २१२ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ५ हजार ६०७ पीसीआर तथा २ हजार ३७४ एन्टिजेन परीक्षण भएको छ।