आजदेखि काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा दिइने

  • प्रकाशित मिति : August 27, 2021
  • लोकतान्त्रिक संवाददाता

भदौ, ११ काठमाडौं । काठमाडौंमा आजदेखि भेरोसेलको दोस्रो मात्रा दिइने भएको छ ।

आजदेखि तीन दिनसम्म उक्त  खोप अभियान चल्ने छ । स्वास्थ्य कार्यालय काठमाडौंले यसअघि  भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएपनि भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा कार्यतालिका केही हेरफेर गरेर आजदेखि खोप अभियान सञ्चालन गर्न लागेको हो ।

यस खोप अभियानमा २ लाख १६ हजार नागरिकले भेरोसेलको दोस्रो डोज लगाउने अनुमान स्वास्थ्य कार्यलयले गरेको छ ।

भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको कार्ड लिएर जानुपर्ने कार्यलयले जनाएको छ ।