पछिल्लो २४ घण्टामा २१ देखि ४० वर्ष उमेरका बढी संक्रमित

  • प्रकाशित मिति : August 11, 2021
  • लोकतान्त्रिक संवाददाता

काठमाडौं:  आज देशभर कोरोना ३ हजार ४८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये सबैभन्दा बढी २१ देखि ४० वर्ष उमेर समुहका व्यक्तिहरु संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २४५ जना व्यक्ति २१ देखि ४० वर्ष उमेर समुहका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सबै उमेर समुहका व्यक्तिमा संक्रमण पुष्टि हुने क्रम बढेको छ। तथ्यांक अनुसार २१ देखि २० वर्ष उमेर समुहका ६६४ जना र ३१ देखि ४० वर्ष उमेर समुहका ५८१ जना व्यक्ति संक्रमति भएका छन्।

त्यसैगरी, १० वर्षमुनिका ७० जना, ११ देखि २० वर्षसम्मका २०५, ४१ देखि ५० वर्षसम्मका ४१४, ५१ देखि ६० वर्ष उमेरसम्मका ३३४, ६१ देखि ७० वर्षसम्मका १७९, ७० देखि ८० वर्षसम्मका १०७, ८० वर्षमाथि उमेरसम्मका ५५ र उमेर नखुलेका ७ जना व्यक्तिहरु संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।