गण्डकी प्रदेशमा थप ३ संक्रमितको मृत्यु

  • प्रकाशित मिति : July 16, 2021
  • लोकतान्त्रिक संवाददाता

पोखरा, १ साउन । पोखरा गण्डकी प्रदेशका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकहरु मध्ये २ जनाको पोखराका अस्पतालहरुमा उपचारको क्रममा र १ जनाको नवलपुरमा होमआइसोलेसनमा मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा कास्की जिल्लाका १ जना, स्याङ्जा जिल्लाका १ जना र नवलपुर जिल्लाका १ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज पुष्टि गरेको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार १७ पुगेको निर्देशनालयले जनाएको छ ।

विवरण यस्तो छः