कुमारी हल सधैका लागि बन्द

  • प्रकाशित मिति : July 6, 2021
  • लोकतान्त्रिक संवाददाता

sharethis sharing button

काठमाडौं, २१ असार । कोरोना महामारीपछि नेपालमा फिल्म प्रदर्शनको इतिहास बोकेका जयनेपाल र कुमारी हल बन्द भएका हुन् । जयनेपाल दोस्रो लकडाउनअघि सँधैका लागि बन्द भएको थियो ।

कमलपोखरी स्थित कुमारी चलचित्र भवन (हल) सधैका लागि बन्द गरिएको छ । कोरोना महामारीको प्रभावका कारण दुईवटा पर्दा भएको यो हल सधैंका लागि बन्द गर्ने निर्णयमा संचालक पुगेका हुन् । अब चलचित्र भवन अन्य प्रयोजनका लागि प्रयोग गरिने बताइएको छ । २०४१ सालमा स्थापना भएको कुमारी फिल्म हलमा पहिलोपटक ‘जय सन्तोषी माता’ फिल्म प्रदर्शन गरिएको थियो । २०७७ चैत ११ गते लकडाउन भएसँगै कुमारी बन्द भएको थियो । साङ्लो, ब्लडसट र आमा कुमारीमा रिलिज हुने अन्तिम फिल्म बने ।