सबिन गौतम र अञ्जु सुनारको अभिनयमा “मायालुको लेख्छु नाम अब रगतले ” सार्बजनिक

  • प्रकाशित मिति : June 25, 2021
  • लोकतान्त्रिक संवाददाता

काठमाडौं, ११ असार । काभ्रेपलान्चोक जिल्ला कोशिपारी चौरी देउराली गाउँपालिका वडा नं ५ तुसारेमा बुबा रमेश कुमार गौतम र आमा कमला देवि गौतमको कान्छो छोराभै जन्मलिनु भएका सबिन गौतम सानै देखि गितसंगीत र खेलकुद भने पछि हुरुक्कै हुनुहुन्थ्यो। 

गौतमले २०७३ साल देखि गित संगीत छेत्रमा मोडल को भुमिका निभाउँदै आएका छन् । गौतमले पछिल्लो समय निर्देशन पनि गर्दै गरेको पाइन्छ र धेरै कलाकार हरुलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्दै आएका कलाकार गौतम हाल काठमाडौं मा बसोबास गर्दै आएका छन् । गौतम अभिनय र निर्देशनमा पनि निकै जोसिलो भएको कलाकारहरुले टिप्पणी गर्ने गरेका छन् । निकै आशा लाग्दो लोक दोहोरी गित “मायालुको लेख्छु नाम अब रगतले ” BUDHA SUBBHA युटुब मार्फत सार्वजनिक भएको छ र दुख-पिडा साथै मनोरञ्जन दिने उक्त लोक दोहोरि गित अहिलेको युवा पुस्तालाई मध्यानजर गदै बनाईएको मोडल सबिन गौतमले जानकारी दिनुभयो। 

“ मायालुको लेख्छु नाम अब रगतले ” गितले निकै र्चचा पाउनेमा मोडल गौतम विश्वस्थ हुनुहुन्छ । कुक पेशा अन्तर्गत काम गर्दै गर्दा अग्रज गायक गायिकाको र दर्शकहरुको नजरमा मोडल बन्न पुगेका गौतमले केही समय अगि निकै आश लाग्दो गित ” औँठी चिनो छ ” पिपल पाते ओठ ” खोला खाल्सी माछिर जलुको ” कुटु कुटु कान्छू ” एउटै हुने चहाना ” लगायत अन्य दुई दर्जन भन्दा बढी गित उहाकै अभिनय र निर्देशनमा बजारमा र्सावजनिक गर्न सफल भएका छन् । गौतमले “ मायालुको लेख्छु नाम अब रगतले ” लोक दोहोरि गित BUDA SUBHAA युटुब मार्फत बजारमा आएको बताए। 

 गौतमले अभिनय गरेका धेरै गित र्दशक श्रोताको रोजाइमा परेका छन् । यस गितमा लय पासाङ शेर्पाको रहेको छ साथै शब्द महेश नेपालको रहेको छ । गितलाइ उत्कृष्ट बनाउन गिता देविले पासाङ शेर्पा लाई स्वरमा साथ दिनु भएको छ । गितको छाँयाकन फर्पिनको विभिन्न रमणिय स्थानमा गौसव गिरिले गरेका हुन भने गिरिकै निर्देशन पनि रहेको पाहिन्छ । यसैगरी श्रृङ्गार भने अन्जना लामिछानेको रहेको छ भने गितमा ऐरेन्ज गौरव गिरिले सुमधुर डिजिटल रेकर्ड स्टुडियो मार्फत गरेका छन् । 

गितमा अभिनय स्वयम् सबिन गौतम र अञ्जु सुनारले गरेका छन् । गौतमले कोभिड १९ को कारण ले गर्दा गित संगीत लाई केही महिना अभिनयमा ल्याउन रोकेको भएपनि पछिल्लो समय आफ्नो छुटै पहिचान बनाउन सफल मोडल हुन । ” मायालुको लेख्छु नाम अब रगतले ” बोलको गितलाई दिनेस मुस्कानले छायांकन गरेका हुन भने गौरव गिरिलेनै सम्पादन गरेका छन् ।।