मनसुन अस्वभाविक रुपमा सक्रिय, देशभर भारी वर्षा

  • प्रकाशित मिति : June 15, 2021
  • लोकतान्त्रिक संवाददाता

काठमाडौँ, १ असार । देशभर मनसुनी गतिविधि मंगलबार अस्वभाविक रुपल सक्रिय भएर देशभर भारी बर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले का अनुसार हाल भारतको झारखण्डमा रहेको न्यून चापिय क्षेत्र र मनसुन न्यून चापिय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको बताएको छ ।

यो मौसमी प्रणालीका कारण मंगलबार दिउँसो र राति देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदको भनाई छ।

मनसुन सक्रिय भएका कारण गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको धेरै क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेको छ ।