संसद विघटन बिरुद्द १४९ जना सांसदहरुको हस्ताक्षरसहित सर्वाेच्च अदालतमा रिट

  • प्रकाशित मिति : May 24, 2021
  • लोकतान्त्रिक संवाददाता

१० जेष्ठ, काठमाडाैँ | संसद विघटन बदर गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनले आज १४९ जना सांसदहरुको हस्ताक्षरसहित सर्वाेच्च अदालतमा रिट हाल्दै छन्।

यसअघि हिजै रिट पेश गर्ने भनिए पनि सांसदहरुको हस्ताक्षर संकलन लगायतका तयारी नपुगेका कारण आज मात्रै विपक्षी सर्वोच्च अदालत जान लागेका हुन्।
याे संख्या बढ्न सक्ने गठबन्धनका नेताहरुकाे दाबी छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका सबै सांसदहरु भौतिक रुपमा नै अदालतमा उपस्थित भएर रिट हाल्ने तयारी भइरहेको जानकारी आइतबार दिएका थिए।

रिटका लागि सत्तारुढ नेकपा एमालेका तर्फबाट २० जना सांसदले हस्ताक्षर गरिसकेका छन्। एमालेका तर्फबाट हस्ताक्षर गर्ने सांसदकाे संख्या अझै बढ्ने दाबी गरिएकाे छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र जसपा र जनमाेर्चाले पनि आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको छ।

कार्यालय समय सुरु भएलगत्तै (१० बजे) रिट हाल्ने जाने विपक्षीको तयारी छ।