भूकम्पमा त्रिपाल, कोरोना महामारीमा अक्सिजन लुट- सांसद हुन् कि शोषक ?

  • प्रकाशित मिति : May 17, 2021
  • लोकतान्त्रिक संवाददाता

२ जेठ, काठमाडौं । नेपालमा कोरोनको दोस्रो लहरले महामारीको रुप लिएपछी अक्सिजनको चरम अभाव छ |अस्त्पतालहरुमा अक्सिजन अभाव कै कारण अकालमै ज्यान गुमाइरहेका छन् तर जनतालाई सुविधा उपलब्ध गराउछु भने चुनिएर आएका संसद अक्सिजन समेत भागबन्डा गर्न व्यस्त छन् | गत ७२ सालमा भूकम्पले आक्रान्त पार्दा सांसदहरु त्रिपाल लुकाउन व्यस्त थिए अहिले अक्सिजन |चीन सरकारले अनुदानमा दिएको ४०० अक्सिजन सिलिन्डर काठमाडौं आइपुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाले १३ वटा अस्पताललाई भाग लगायो । तर अधिकांश अस्पतालले विभागले तोकेअनुसार चिनियाँ सिलिन्डर नपाएको भेटिएको छ । यसका साथै अधिकांश अस्पताललाई दिइएको भनिएका केही सिलिन्डरहरु पनि भरेर दिने भन्दै सीसीएमसीले नै राखेको छ खुलेको छ ।

२८ वैशाखमा स्वास्थ्य सेवा महाशाखाले विभागलाई पठाएको पत्रअनुसार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जलाई ५० वटा सिलिन्डर तोकिएको मध्ये ४० वटा, वीर अस्पताल अक्सिजन अभावमा बेड थप्न नसकिरहेको अवस्थामा ५० वटा कोटा परेको थियो तर २५ वटा भन्दा पाउन सकेन । त्यस्तै निजामती अस्पतालले ४५ मध्ये ३० मात्र, एपीएफले २५ वटामध्ये २० वटा, आयुर्वेदले २० मध्ये १५ वटा र केएमसीले २० मध्ये १० वटा मात्र सिलिन्डर पाएको छ ।

चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिन्डर ?

त्यसको जवाफ दिन स्वास्थय मन्त्रालयका अधिकारी तयार छैनन् ।
सत्तारुढ नेकपा एमालेका सांसदहरुले राजनीतिक पहुँचका आधारमा आफ्नो निर्वाचन क्षेत्रमा भएको अस्पताल तथा आइसोलेसन सेन्टरमा ती सिलिन्डर लगेका छन् । यसरी अस्पतालको नाममा लागिएको भनिएको सिलिन्डरहरु अस्पतालमा पुग्छन पुग्दैनन भन्न सकिने अवस्था छैन | केहि सांसदहरुले आफुले लागेको केहि अस्पतालमा बुझाउने र बाकी आफ्नो भोटको सुरक्षा तथा आफन्तको निमित्त प्रयोग गर्ने गरेको पाइएको छ |

दाङमा मात्र एमाले सांसदहरुले २७ वटा अक्सिजन सिलिन्डर लगेको पाइएको छ । सांसद शान्ता चौधरी र हिराचन्द्र केसीले १०-१० वटा र गंगा चौधरी सत्गौवाले ७ वटा चिनियाँ अनुदानका अक्सिजन सिलिन्डर लगेको पाइएको छ ।