टेकू अस्पताल द्वारा पीसीआर परीक्षण स्थगित

  • प्रकाशित मिति : May 11, 2021
  • लोकतान्त्रिक संवाददाता

२८ बैशाख, काठमाडौँ | काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूले पीसीआर परीक्षण स्थगित गरेको छ।

विषेशकारणबस अर्काे सूचना नभएसम्मका लागि पीसीआर परीक्षणको कार्य स्थगित गरिएको अस्पतालका निर्देशक सागरराज राजभण्डारीले जानकारी दिएका छन् ।

अस्पतालले जारी गरेको सूचनामा पीसीआर परीक्षण स्थगित गर्नुको कारण उल्लेख छैन।

तर परीक्षणका लागि चाहिने रिएजेन्ट किट सकिएकाले परीक्षण रोकिएको अस्पताल स्रोतले जानकारी दिएको छ । सो किटको व्यवस्था कति दिनमा हुन्छ भन्ने यकिन गर्न नसकिएको अस्पताल स्रोतको भनाई छ ।

पीसीआर परीक्षण स्थगित गरिँदा पर्न जाने असुविधाप्रति अस्पतालले क्षमा मागेको छ।