विश्वासको मत नदिए संसद फेरी भंग हुन्छ : प्रधानमन्त्री

  • प्रकाशित मिति : May 10, 2021
  • लोकतान्त्रिक संवाददाता

२७ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसद विघटनको संकेत गरेका छन् ।

संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विश्वासको मत नदिएर संसद विघटनको बाटो रोजिएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने– ‘संविधान बमोजिम पाँच वर्ष सरकार चलाउने भनेर विश्वासको मत मागेको हुँ । विश्वासको मत नदिएपछि संसद विघटन हुने नै भयो ।’

संसद विघटन नगर्ने हो भने आफूलाई विश्वासको मत दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।