खाने तेलमा अत्यधिक मूल्यबृद्दी, सरकारलाई पत्तो सम्म छैन

  • प्रकाशित मिति : May 7, 2021
  • लोकतान्त्रिक संवाददाता

२४ बैशाख, काठमाडौँ | गत ३ महिनायता खाने तेलको मुल्यमा ५०-६० % ले मूल्यबृद्दी भएको छ | ३ महिना अघि बजारमा १६० सम्ममा बिक्रि हुने खाने तेलको मूल्य आजभोलि २५० सम्ममा बिक्रि हुने गरेको छ |
निषेधाज्ञा शुरु हुनु अघि देखि नै शुरु भएको मूल्यबृद्दी निषेधाज्ञा भएपछि झनै अत्यधिक रुपमा बढेको हो |
ब्यापारीहरुको आपसी मिलेमतो, सरकार तथा अनुगमन निकायको निरीहताका कारण मनपरी मूल्यबृद्दी भएको हो |
खानेतेल अन्तर्गत सन फ्लावर तेल, तोरीको तेल तथा भटमासको तेलमा मूल्य बृद्दी भएको छ |