निजि अस्पतालको मनपरी सप्रमाण बाहिर आउदा समेत सरकार भन्छ ‘निराधार हल्ला मात्रै’

  • प्रकाशित मिति : May 7, 2021
  • लोकतान्त्रिक संवाददाता

२४ वैशाख, काठमाडौं । निजी अस्पतालले कोभिड बिरामीको लागि तोकेको शुल्कबारे अनावश्यक हल्ला भएको निष्कर्षमा सरकारी निकाय पुगेको छ । वाणिज्य विभाग, औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र प्रहरीसहितको अनुगमनले यस्तो निष्कर्ष निकालेको हो ।

बिहीबार संयुक्त अनुगमन टोलीले सिभिल, केएमसी, ओम, मेडिकेयर, ह्याम्स, ग्राण्डी र मेट्रो अस्पतालको अनुगमन गरेको पनि उनले बताए । विरामीको लागि अस्पतालहरुले तोकेको उपचार शुल्कबारे इमेलबाट आधा दर्जन अस्पतालसँग विस्तृत विवरण मागिएको र त्यो थप अध्ययनको विषय रहेको पनि प्रवक्ता सेढाईंले बताए ।

अनुगमनका क्रममा अस्पतालहरुमा रेम्डिसिभिर औषधिको वितरण ठिक र पर्याप्त नभएको, अस्पतालहरुले न्युनतम् स्वास्थ्य मापदण्ड पालना नगरेको जस्ता कैफियत भेटिएको पनि विभागले जनाएको छ ।

रेम्डिसिभिर औषधिमा अस्पतालले बढी शुल्क नलिइएको पनि विभागले जनाएको छ । यस्तै बिरामीको तुलनामा बेड संख्या अपुग भएको पाइएको पनि विभागले जनाएको छ ।