आज हावाहुरीसहित भारी वर्षाको सम्भावना

  • प्रकाशित मिति : May 7, 2021
  • लोकतान्त्रिक संवाददाता

काठमाडौँ, २४ बैशाख । देशभर आज मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने माहाशाखाले जनाएको छ ।

देशका केही स्थानमा मेघगर्जन र चट्याङ् तथा हावाहुरी र असिनासहित हल्का देखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

राति पहाडी भू–भागका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। यस्तै, थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।