बलिवुड अभिनेत्री दीपिका पादुकोण कोरोना संक्रमित

  • प्रकाशित मिति : May 5, 2021
  • लोकतान्त्रिक संवाददाता

भारत, २२ वैशाख । बलिवुड अभिनेत्री दीपिका पादुकोण कोरोना संक्रमित भएकी छिन् । उनले आफ्नो ट्वीटर ह्याण्डलमा आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छन् कोरोनाको दोस्रो लहरका कारण भारतका सबै क्षेत्रका मानिसहरु संक्रमणको चपेटामा आउन थालेका छन् ।

पछिल्लो समय बलिवुडका अधिकांश कलाकार, गायक, गायिका, संगितकार लगायतका मानिसहरु कोरोनाको चपेटामा आउन थालेका छन् । दीपिकाको बुबालाई केहि समय पहिले कोरोना संक्रमण देखिएको थियो । बुबालाई कोरोना देखिएपछि पिसिआर परीक्षण गर्दा उनमा पनि कोरोना संक्रमण देखिएको बताइएको छ ।

दीपिकासँगै उनकी आमा र बहिनीमा पनि कोरोना पोजेटिभ देखिएको छ । हाल उनी सबैजना बैंगलोरस्थित आफ्नै घरमा आइसोलेसनमा छन् । दीपिकाका पति एवं बलिवुड अभिनेता रणवीर सिंह भने हालसम्म स्वस्थ रहेको पनि बताइएको छ ।

यसअघि बलिवुड अभिनेता अक्षय कुमार, सोनु सुद, आलिया भट्ट, रणवीर कपुर, बप्पी लहरी, आदित्य नारायण झा, मलाइका अरोरा कोरोना संक्रमणको चपेटामा आइसकेका छन् ।