कोरोनाको महामारी : मौकाको ब्यापार

  • प्रकाशित मिति : May 4, 2021
  • लोकतान्त्रिक संवाददाता

२१ बैशाख, काठमाडौँ | कोरोनाको दोस्रो लहरले महामारीको रुप लिदैं गएपछि अहिले देशमा प्रायजसो जिल्लामा निशेधाज्ञा जारी गरिएको छ | जसका कारण निजि तथा भाडाका सवारी साधनहरु चल्न रोक लगाइएको छ | यसले गर्दा सामान्य नागरिकको जनजीवन कष्टकर बनेको छ | अत्यावश्यक कारणले अन्य जिल्ला जानु परेमा सरकारले पास को त व्यवस्था गरेको छ | तर सवारी नहुने सर्व साधारण तथा अत्यन्त छिटो पुग्नु पर्ने अवस्थामा भने झनै कष्टकर बन्दै गएको छ | कोहि बिरामी भएर अस्पताल जानुपर्यो भने एक त अस्पतालमा बेड पाउने सम्भावना निकै न्यून छ अर्को तर्फ यदि मुस्किलले बेड पाउने अवस्था भयो भने पनि सवारी साधन झनै कठिन अवस्था छ |
आम जनता यसरी मार खेपी रहंदा केहि ब्यबसाय हरु भने मालामाल हुँदै गएका छन् टि मध्ये एक हो हेलिकप्टर कम्पनी | सरकारले सार्वजनिक तथा निजी सवारी साधन सन्चालनमा रोक लगाएसँगै हेलिकप्टरहरु व्यस्त बनेका छन्, कोरोना संक्रमित विरामी ओसार्न। पछिल्लो समय तिव्र गतिमा फैलिरहेको कोरोना संक्रमणबाट गम्भिर बिरामी हुनेको संख्या बढ्दो छ। एम्बुलेन्सलाई समय लाग्ने हुँदा हेलिकप्टर चार्टर्ड गर्नुको विकल्प छैन।
नेपालमा अहिले पाँच हेलिकप्टर कम्पनीले कोरोना संक्रमित विरामी ओसारप्रसार गरिरहेका छन्। अल्टिच्युड र सिम्रिकसँगै श्री एयर, कैलाश र मनाङले कोरोना संक्रमित बिरामी ओसार्ने अनुमति पाएका छन्। सिम्रिक एयरका कार्यकारी निर्देशक सिद्धार्थ गुरुङले हालसम्म सयभन्दा बढी कोरोना संक्रमितको ‘चार्टर्ड’ फ्लाइट गरिएको बताए। उनका अनुसार संक्रमितलाई बोक्दा एक लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म अतिरिक्त ‘चार्ज’ लिइने गरिएको छ।

त्यस्तै गरी सेवाका रुपमा संचालन गरिने गरेका एम्बुलेन्सहरु पनि आजभोलि निकै व्यस्त रहने गरेको छ | साथै केहि व्यक्तिगत सहयोगका नाममा चलाइएका एम्बुलेन्स हरुले भने मौकाको फाइदा लिइरहेका छन् | साधारणतया २०००-२५०० भाडा लाग्नेमा आजभोली ५-६ हजार सम्म लिने गरेको पिडितहरु बताउँछन |