उपत्यकामा थप एकसाता निषेधाज्ञा

  • प्रकाशित मिति : May 4, 2021
  • लोकतान्त्रिक संवाददाता

काठमाडौं २१, वैशाख । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।