निषेधाज्ञा थप कडाइ हुन्छ : प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : May 3, 2021
  • लोकतान्त्रिक संवाददाता

काठमाडौं २०, वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो लहरको कोरोना महामारी नियन्त्रण एवम् रोकथामका लागि विज्ञहरुको सल्लाह अनुसार निषेधाज्ञा गरिएको बताइएका छन् ।

सोमबार देशवासीका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख मसान्तसम्म गरिएको यो निषेधाज्ञा थप कडाइ हुने बताउनुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार दैनिक सात हजारभन्दा बढी नयाँ संक्रमित र ३ हजारभन्दा बढीको मृत्युु भइरहेको अवस्थामा नागरिकको जीवनरक्षा सरकारले पहिलो दायित्वको रुपमा लिइएको उहाँले बताउनुभयो ।

गत वर्षको कोरोना महामारीमा संकट व्यवस्थापन केन्द्रीय निर्देशन समिति निर्माण गरी समयमै गरिएको लकडाउनका कारण कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगेको प्रधानमन्त्री ओलीको भनाई छ ।

हालसम्म २१ लाखभन्दा बढीले कोरानाविरुद्दको खोप लगाइसकेको र दोस्रो डोजको खोप पनि ३ लाख ७० हजारले लगाइसकेको उहाँले बताउनुभयो । दक्षिण एसियामै सरकारले पहिलो पटक खोपको पहल गर्न सफल भएको प्रधानमन्त्री ओलीले बताउनुभयो।