दिउँसो ४ बजे मन्त्रीपरिषद बैठक बस्दै

  • प्रकाशित मिति : May 2, 2021
  • लोकतान्त्रिक संवाददाता

१९ बैशाख, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजेका लागि मन्त्रीपरिषद बैठक बोलाएका छन्।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, कोरोना भाइरसको बढ्दो संक्रमण र सावधानीका उपायहरु तथा उपचार व्यवस्थाबारे छलफल हुने बताइएको छ।

यस्तै बैठकमा संक्रमण नियन्त्रणको प्रयासका लागि आन्तरिक हवाई उडान बन्द गर्नका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले गरेको सुझावसहितको सिफारिसमाथि पनि छलफल हुनेछ।

सिसिएमसीको शुक्रबारको बैठकले संक्रमण नियन्त्रणका लागि आन्तरिक हवाई यातायात पनि बन्द गर्नु पर्ने सुझावसहितको सिफारिस गरेको थियो।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा गएको बिहीबारदेखि निषेधाज्ञा लागु भएको छ। सार्वजनिक यातायातमा प्रतिबन्ध लागे पनि हवाई यातायात भने सुचारु छ।