प्युठानमा दुर्घटनामा मृत्यु भएका दुईजनाको सनाखत

  • प्रकाशित मिति : April 14, 2021
  • लोकतान्त्रिक संवाददाता

१ वैशाख,गुल्मी । प्युठानमा बुधबार बिहान भएको जिप दुर्घटनामा मृत्यु भएका दुईजनाको सनाखत भएको छ । प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिपका चालक केशव कार्कीको मृत्यु भएको हो ।

गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप स्वर्गद्वारी नजिकै दुर्घटना भएको हो । गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार जिपमा १४ जना सवार थिए ।

जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका ९ कर्मचारी र उनका परिवार सवार रहेको बताइएको छ । दुर्घटनामा ३/४ जना गम्भीर घाइते भएको उनले बताए ।