दिल्ली क्यापिटल्स ७ विकेटले बिजयी

  • प्रकाशित मिति : April 30, 2021
  • लोकतान्त्रिक संवाददाता

१७ बैशाख, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ।

बिहीबार राति भएको खेलमा कोलकाताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍याे।

दिल्लीका पृथ्वी शले ८२ रनको अर्धशतकीय पारी खेले। उनले ४१ बलमा ११ चौका र ३ छक्का प्रहार गरे।

यस्तै शिखर धवनले ४६ तथा ऋषव पन्तले १६ रन जोडे । कोलकाताका पाट कुमिन्सले ३ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो। कोलकाताका आन्द्रे रसेलले अविजित रहँदै ४५ रन बनाए। त्यस्तै सुबमन गिलले ४३ रन जोडे।

दिल्लीका अक्षर पटेल र ललित यादवले समान २ विकेट लिए। जितसँगै दिल्ली १० अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

रोयल च्यालेन्जर्स बैंगलोरलाई पछि पार्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो। कोलकाताको यो पाँचौ हार हो। कोलकाताले ७ खेलमा ४ अंक जोडेको छ।