प्रधानमन्त्री ओली पनि आइसोलेशनमा

  • प्रकाशित मिति : April 28, 2021
  • लोकतान्त्रिक संवाददाता

१५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेशनमा बसेका छन् । आफ्नाे सम्पर्कमा आएका नेताहरुलाई कोरोना भाइरसको संक्रमण देखिएपछि उनी आइसाेलेशनमा बसेका हुन् ।

पछिल्लो पटक नेता खिमलाल भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भट्टराईको सचिवालयले उनलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । संक्रमण पुष्टि भएपछि उनी आइसोलेशनमा छन् ।

प्रधानमन्त्री ओली पनि भट्टराईसँगको सम्पर्कमा आएकाले आइसोलेशनमा बसेका हुन् ।

अहिलेसम्म ओली पक्षका तीन जना नेतामा संक्रमण पुष्टि भएको छ । नेताहरुलाई कोरोना संक्रमण देखिएपछि केन्द्रीय समिति बैठकमा सहभागी भएकाहरुको कन्ट्याक ट्रेसिङ्ग भइरहेको एमालेले जनाएको छ ।