सरकारद्वारा जसपा का १२० जना नेता कार्यकर्ताको मुद्दा फिर्ता

  • प्रकाशित मिति : April 28, 2021
  • लोकतान्त्रिक संवाददाता

१५ वैशाख, काठमाडौं । सरकारले जसपाका १२० जना नेता कार्यकर्ताको मुद्दा फिर्ता लिन निर्णय गरेको छ।

सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै १२० जनाको मुद्दा फिर्ता लिने निर्णय भएको जानकारी दिए।

जनता समावादी पार्टी (जसपा)ले राखेका माग सम्बोधन गर्न सरकारले मुद्दा फिर्ता लिएको हो।

जसपाले मधेश आन्दोलन र थरुहट आन्दोलनका क्रममा आफ्ना नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो।