अक्सिजनको कमी छैन, हुदैन: अक्सिजन उत्पादक उद्योगी

  • प्रकाशित मिति : April 26, 2021
  • लोकतान्त्रिक संवाददाता

१३ बैशाख, काठमाडौँ | स्वास्थ्य मन्त्रालयले नेपालमा बढीमा दैनिक ५ देखि ६ हजार सिलिण्डर अक्सिजनको माग हुनसक्ने आँकलन गरेको छ। त्यो भन्दा बढी अक्सिजन अहिले नै उत्पादन हुने गरेको छ।
देशभरमा निजी क्षेत्रबाट सञ्चालित झण्डै २८ वटा अक्सिजन उद्योग छन् । उपत्यकामा रहेका ८ उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन नहुँदै दैनिक ८ हजार सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ। ती दैनिक ४ घण्टा मात्र चल्छन् तर सरकारले यो कुरा नबुझी भारतसंग अक्सिजन माग गरेको छ।
उद्योग मन्त्रालयसंग अक्सिजन उद्योगको कुनै विवरण नै छैन भने स्वास्थ्य मन्त्रालयसंग पनि यकिन ऑकडा रहेको देखिदैन।
त्यसबाहेक बिराटनगर, रुपन्देही, दाङ लगायतका शहरमा १८ वटा अक्सिजन उद्योग छन् । पूर्ण क्षमतामा चलाए जत्ति पनि माग र खॉचो टार्न सकिने उद्योगीहरूले बताईरहेका छन्।
सरकारी अक्सिजन प्लान्ट कुनै पनि चल्दैनन् । मर्मत गरेर चलाउन सरकारको योजना नै छैन तर महाबीर पुनले सरकारी प्लान्टहरू हामी बनाईदिन्छौँ भन्दै मर्मत गरिदिन प्रस्ताव गरेका समेत छन् तर त्यसप्रति पनि सरकार उदासिन रहेको देखिएको छ ।
उत्पादनको ३० देखि ४०% अक्सिजन औद्योगिक प्रयोगमा र बॉकी ७०% मात्रै स्वास्थ्य संस्था र व्यक्तिको घरमा प्रयोग हुने गरेको छ। अक्सिजन उद्योग शतप्रतिशत क्षमतामा चलाए कुनै समस्या नहुने देखिएको छ।
तर सिलिन्डरको कमी भने हुन सक्छ। अस्पतालहरूले रित्तो अक्सिजन सिलिण्डरहरू फिलिंग गर्न पठाउन भने तदारूकता देखाउन खॉचो छ। यसको निमित्त भने पूर्व तयारी गर्नुपर्ने खाँचो रहेको छ ।