छहरे महोत्सव काण्ड- बिजेतालाई दिएको चेक बाउन्स, आयोजक बेपत्ता

  • प्रकाशित मिति : April 26, 2021
  • लोकतान्त्रिक संवाददाता

१३ बैशाख, नुवाकोट | छहरे महोत्सव, नुवाकोटमा आयोजना गरिएको लोकदोहोरी प्रतियोगिताका बिजेताहरुले ३ महिना सम्म पनि तोकिएको नगद राशी प्राप्त गर्न सकेका छैनन् |
गत फाल्गुण १४ देखि २२ गते सम्म भएको छहरे महोत्सवमा आयोजना गरिएको लोकदोहोरी प्रतियोगी बिजेता इश्वर सुनार तथा चेनु कू. अधिकारीले राष्ट्रिय संगीतकर्मी संघ,काठमाडौँमा उजुरी गरेपछि घटना बाहिर आएको हो |
उनीहरुका अनुसार बिजेताले प्राप्त गर्नुपर्ने रकम रु एक लाख मध्ये कर कट्टा गरेर आयोजकले फाल्गुण २५ गतेको चेक दिएको थियो तर सोही मितिमा बैंकमा चेक साट्न जाँदा चेकमा हस्ताक्षर नमिलेको तथा खातामा ब्यालेन्स पनि नभएको हुनाले चेक साट्न सकिएको थिएन |
त्यस पश्चात आयोजक कमिटीलाई फोन गर्दा कि त फोन सम्पर्कमा नआउने आएपनि भाका मात्रै सार्ने गरेको पिडितले उल्लेख गरेका छन् |
आयोजक कमिटीमा लोकदोहोरी गायकहरु सानु के.सी., रामहरी भण्डारी, किरण कार्की थिए |