नेकपा एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बस्दै

  • प्रकाशित मिति : April 25, 2021
  • लोकतान्त्रिक संवाददाता

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका छन् । बैठक विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । वैशाख १० गते पनि महाधिवेशन आयोजक समितिको बैठक बसेको थियो । होटल मेरियटमा माधव नेपाल संगको बैठक सोचे जस्तो नभएपछी ओली झनै कडा रुपमा प्रस्तुत हुन सक्ने अनुमान गरिएको छ |
अघिल्लो पटकको बैठकले कर्णाली प्रदेशका चार प्रदेशसभा सदस्यहरुलाई पदबाट हटाउने निर्णय गरेको थियो । स्पष्टीकरण सोधिएका अन्य सांसदहरुमाथिको कारबाहीबारे आजको बैठकमा छलफल हुने अनुमान एमाले नेताहरुले गरेका छन् ।

पार्टीमा गुटगत गतिविधि गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले संघ र प्रदेशका २७ सांसदहरुलाई स्पष्टीकरण सोधेका थिए । कर्णालीका चार सांसदहरुलाई पदबाट हटाइए पनि बाँकी २४ जनाको बारेमा निर्णय हुन बाँकी छ ।