माधव नेपाल समूह नै नहुदा समेत बादल चौथो नम्बरमा !

  • प्रकाशित मिति : April 23, 2021
  • लोकतान्त्रिक संवाददाता

१० वैशाख, काठमाडौं । आज भएको नेकपा एमालेको स्थायी कमिटी पुनर्गठनमा प्रक्रियामा पुर्व माओबादी नेता तथा गृह मन्त्री भने बरियता क्रम अनुसार चौथो नम्बरमा पुगेका छन् | माधवकुमार नेपाल पक्षको अनुपस्थितिका बीच शुक्रबार बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष ओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गरिएको थियो । श्रोतका अनुसार दोस्रो या तेस्रो बरियताको बाचा सहित केपी ओली संग सहकार्य गरेका बादल बरियता क्रम अनुसार बामदेव गौतम तथा इश्वर पोखरेल पछाडी परेका छन् | अझ माधव नेपाल समुह पनि जोडिएमा झनै पछाडी जान सक्ने बुझिएको छ |
एमाले एकता अभियान चलाएका, तर ओलीले बोलाएको बैठकहरुमा अनुपस्थित रहेका वामदेव गौतमलाई स्थायी कमिटीमा समावेश गरे पनि सोहि माधव नेपाल समुहलाई भने कमिटीमा समावेश गरिएको छैन |

साबिकको नेकपामा स्थायी कमिटीमा रहेका पूर्व माओवादीका चार नेता रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा र लेखराज भट्टलाई पनि स्थायी कमिटीमा समोवश गरिएको छ ।

उनीहरूबाहेक महासचिव ईश्वर पोखरेलका साथै विष्णुप्रसाद पौडेल, किरण गुरुङ, छबिलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णु रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल, सुवास नेम्वाङ, केशव बडाल र पुष्पराज कँडेल छन् ।

नेपाल समूह आउट

एमाले अध्यक्ष ओलीले बनाएको स्थायी कमिटीमा पार्टीमा समानन्तर गतिविधि गर्दै आएको माधवकुमार नेपाल समूहलाई भने स्थान दिइएको छैन ।

नवौं महाधिवेशनबाट निर्वाचित एमालेको स्थायी कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपाल वरिष्ठ नेता थिए भने युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल उपाध्यक्ष, घनश्याम भूसाल उपमहासचिव र गोकर्ण बिष्ट, भीम आचार्य र योगेश भट्टराई सचिव थिए । सुरेन्द्र पाण्डे र बेदुराम भुसाल स्थायी कमिटी सदस्य थिए ।
२३ फागुनमा सर्वोच्च अदालतले नेकपाको एकता खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताएको थियो । २८ फागुनमा आफ्नो समूहका नेताहरुको बैठक राखेर अध्यक्ष ओलीले आफू र महासचिव ईश्वर पोखरेलबाहेक एमालेका पदाधिकारी हटाए भने स्थायी कमिटी खारेज गरेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति बनाएका थिए । तर अहिले आफ्नो समूहका नेताहरुलाई मात्र राखेर १९ सदस्यीय स्थायी कमिटी बनाइएको छ ।