भारतमा कक्षा १० को वार्षिक परीक्षा रद्द

  • प्रकाशित मिति : April 20, 2021
  • लोकतान्त्रिक संवाददाता

७ वैशाख, काठमाडौँ। कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि भारतमा कक्षा १० को वार्षिक परीक्षा रद्द गरिएको छ।

काउन्सिल फर इन्डियन स्कूल सर्टिफिकेट एग्जामिनेशन (सिआइसिएसई) ले १० कक्षाको राष्ट्रिय तहमा हुने परीक्षा रद्द गर्ने निर्णय गरेको हो।

बोर्डले जारी गरेको वक्तव्यमा कोरोना भाइरस महामारीको बिग्रँदो अवस्थालाई मध्यनजर गरेर आइसिएसई अर्थात कक्षा १० को परीक्षा रद्द गर्ने निर्णय लिइएको उल्लेख छ।

विद्यार्थी तथा शिक्षकको सुरक्षा आफूहरुका लागि पहिलो प्राथमिकता रहेको बोर्डले जारी गरेको वक्तव्यमा छ।

बोर्डले विद्यालयहरुलाई कक्षा ११ मा भर्नाको पक्रिया थाल्न भनेको छ। कक्षा १० को नतिजाका लागि ‘सही र निष्पक्ष’ तरिका बनाउने र निश्चित गरिएको मितिमा नतिजा सार्वजनिक गरिने पनि बोर्डले जनाएको छ।

कक्षा १२ को परीक्षा भने तोकिएकै मितिमा हुने जनाइएको छ।