लुम्बिनी प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

  • प्रकाशित मिति : April 19, 2021
  • लोकतान्त्रिक संवाददाता

६ वैशाख,काठमाडौं । लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन् । राजीनामा दिने मन्त्रीहरुमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् ।