साउन १ देखि वृद्धभत्ता बढ्ने !

  • प्रकाशित मिति : March 30, 2021
  • लोकतान्त्रिक संवाददाता

१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।
‘सरकार बनाउने वित्तिकै यो किन गरिएन त्यो किन गरिएन भनेर धुम मच्च्याइयो । उनले भने, ‘ कसैलाई आपत्ति लाग्ला । साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ।’

मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।