प्रीय राधा,

  • प्रकाशित मिति : March 23, 2021
  • लोकतान्त्रिक संवाददाता

१०चैत,काठमाडौँ। कविता

शिव गिरी

हे हृदयश्वरी, गोकुल छोडेर द्वारका आएको बर्सौ भैसक्यो, तर पनि यो दिलमा गोकुलकै मनोरम अझै ताजाछ्न!!

त मेरो आलिङ्गमा रुक्मिणि बसेकि छ्न, तर पनि राधा बिना कृष्ण कनैया पुर्ण कैले हुन सक्छ र?? राधा म प्रकृतिको नियममा बाँधिएको छु म धर्मको अधिनमा छु र रहने पनि छु!!

देवि ! तिमि म सित नहुँदा यो मन सौर्यमण्डलमा कैले सुर्य उदाएन, कैले चन्द्रले पुर्णिमाको चमक देखाएनन गोकुल आए देखि यो दिलको वायुमण्डलमा प्राण वायु बहन छोडेका छ्न हृदय निसासिएर हृदयमा असमान गति उत्पन्न भएका छ्न!!

हे परम पियारि! द्वारकाको महलमा स्वर्ण चाँदि अनि अनेक रत्नले सजिदा पनि, मलाइ बस बन गाउँ गाइ अनि तिम्रो मुस्कान अनि तिम्रो मधुर बचनले मेरो हृदयमा आनन्द प्रधान गर्दछ ।

राधा सर्बत शक्ति म रहदा रहदै पनि, जीवजन्तु चराचर सबै मिलन जुराउन सके तर तिमिलाइ दिलमा बसाएर पनि मैले हाम्रो मिलन राख्न सकिन… तिमिलाइ अबगत छ नि ??

तिमिले तुलसिको चन्चलातालाइ श्राप दियो दैत्य पुत्री बन्न विवश बनायौ त्यसैको आवेगमा तुलसिले तिमिलाइ श्राप गरिन तिमि धर्तिमा पुनर्जीवन गर अनि तिमिले मेरो शानिध्य कैले नपाउ !!

राधा जब जब मेरो भक्तिभाब तिम्रो हृदयमा आउछ्न मैले जाँदा दिएको मुरलि बजाउने गर तिम्रो कोमल ओठले झक्का मुरलिलाइ छुनेछ तिमिले सम्झनु तिमिले तिम्रो नाथ स्पर्श गरिरहेकि छौ ।

भाग्यको लेखा स्वयम श्रीमहादेवले मेट्नु सक्नु भएन भने मैले कसरि मेरो नियति बदल्न सक्छु र? राधे यो जन्म मेरि नभएर के भयो?? आउदो जन्म जन्म राधाकृष्ण भनेर संसारले पुकार्ने छ्न…..