नेपाली काँग्रेसमा पनि गुटगत छलफल !

  • प्रकाशित मिति : March 21, 2021
  • लोकतान्त्रिक संवाददाता

८ चैत,काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय शीर्षस्थ नेतालाई बोहोराटार बोलाएका छन् ।

पौडेलले आफ्नो निवास बोहोराटारमा दिउँसो एक बजेका लागि नेताहरुलाई बोलाएका हुन् ।

पौडेलले, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजाल लगायतका नेतालाई बुझिएको छ ।

पार्टीको औं महाधिवेशनको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने नेता केसीले जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको विकल्प दिन अग्रसरता नलिएको भन्दै पौडेल पक्ष असन्तुष्ट छ । यसअघि पौडेल पक्षको भेलाले ओलीको विकल्पमा काँग्रेस अग्रसर हुनुपर्ने निष्कर्ष निकालेको थियो ।