औपचारिक बैठक नै नबसी एमालेमा रडाको शुरु : माधव पक्षको सबै पद खोसियो

  • प्रकाशित मिति : March 12, 2021
  • लोकतान्त्रिक संबाददाता

२८ फागुन, काठमाडौँ | सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि ब्युँतिएको एमालेमा औपचारिक बैठक नै नबसी रडाको शुरु भएको छ |प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेता माधवकुमार नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेको छ |
बैठकमा सहभागी एक नेताका अनुसार प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश २ का सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै छन् । उनीहरु ओली पक्षका नेताहरु हुन् ।

यस्तै विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराई तोकिएका छन् ।

कसको जिम्मेवारी के तोकियो ?

विभागहरु

स्कुल विभाग प्रमुख : केपी शर्मा ओली
संगठन विभाग प्रमुख : विष्णु पौडेल
विदेश विभाग प्रमुख : राजन भट्टराई
सम्पर्क कमिटी र कोष तथा आर्थिक विभाग प्रमुख : छविलाल विश्वकर्मा
संसदीय विभाग प्रमुख : सुवास नेम्वाङ
निर्वाचन विभाग प्रमुख : विष्णु रिमाल

प्रदेश १

इन्चार्ज : सुवासचन्द्र नेम्वाङ
अध्यक्ष : देवराज घिमिरे
सचिव : विनोद ढकाल

प्रदेश २

इन्चार्ज : सत्यनारायण मण्डल
अध्यक्ष : प्रभु साह,
सचिव : सुमन प्याकुरेल

बाग्मती

इन्चार्ज : रामबहादुर थापा बादल
अध्यक्ष : आनन्द पोखरेल
सचिव : खेम लोहनी

गण्डकी

इन्चार्ज : पृथ्वीसुब्बा गुरुङ
अध्यक्ष : जगत विश्वकर्मा
सचिव : गोविन्द नेपाली

लुम्बिनी

इन्चार्ज : शंकर पोखरेल
अध्यक्ष : लीला गिरी
सचिव : खेममान खड्का

कर्णाली

इन्चार्ज : यमलाल कँडेल
अध्यक्ष : गुलाबजंग शाह
सचिव : धर्मराज रेग्मी

सुदूरपश्चिम

इन्चार्ज : लेखराज भट्ट
अध्यक्ष : कर्ण थापा
सचिव : राजेन्द्र सिंह रावल