प्रचण्ड- नेपाल समूहद्दारा सशक्त आन्दोलनको घोषणा

  • प्रकाशित मिति : February 14, 2021
  • लोकतान्त्रिक संबाददाता

२ फाल्गुण, काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी बिशेषत प्रतिगमन, बलात्कार तथा महंगीका बिरुद्द फागुन ५ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संघर्ष समितिका अनुसार फागुन ५ देखि १२ गतेसम्म जिल्ला कमिटीहरुले सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्नेछन् । फागुन ६ गते एक घण्टा प्रगिममन, महंगी र भ्रष्टाचारको विरोधमा मानव साङ्गो बनाएर टुँडिखेल घेर्ने संघर्ष समितिले बताएको छ ।