भ्यालेन्टाइन डे: के छ तयारी ? प्रपोज गर्ने टिप्सहरु जान्ने कि ?

  • प्रकाशित मिति : February 14, 2021
  • लोकतान्त्रिक संबाददाता

२ फाल्गुण, काठमाडौँ  | आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस | सबै युवा युवतीहरु उमेरको चाहना र भावना अनुसार आत्मीय साथीको खोजीमा हुन्छन् । तर प्रायको समस्या एउटै हुन्छ प्रेम प्रस्ताव कसरी राख्ने ? प्रेम भन्ने शब्द सुन्दा जति सुन्दर छ, त्यतिनै यसको भाव पनि गहिरो छ | प्रेम प्रस्तावका लागि एउटी केटीले केटा मात्रै नहेरेर अधिकांश युवतीहरु केटाहरुले प्रेम प्रस्तावका लागि अपनाउने तरिकावाट पनि प्रभावित हुने गरेका छन् । कतिपय अवस्थामा केटाले व्यक्त गर्ने प्रेमका शब्दहरू मात्र पनि पूर्ण नहुन सक्छन् । प्रेम प्रस्ताव स्वीकार वा अस्वीकार गर्नका लागि प्रस्ताव गर्दाको वातावरण पनि महत्त्वपूर्ण हुन्छ । आफूलाई मन परेको व्यक्तिको मन जित्नका लागि महत्वपुर्ण टिप्सहरु यस प्रकार छन् :

 

क. प्रेम प्रस्ताव गर्नु अघि आफैलाई चिन्नु र विश्वासी बनाउनु पर्दछ । आफ्नो केही कुराहरू नलुकाईकन खुलस्त ढुक्क भएर भन्नुहोस । सृजनात्मक हुनुहोस र उसको पनि बानी व्यवहार, चाल चलनबारे राम्ररी बुझ्नुहोस् ।

ख. पहिलो भेट सबैलाई यादगार हुन्छ । पहिलो भेट र भेटमा बोलचाल भएका व्यक्तिहरू कुनै न कुनै माध्यमबाट स्मरणमा आईरहन्छन् । तपाईँ पनि आफ्नो प्रेम प्रस्ताव राख्नु अगाडि सबैभन्दा पहिला दुई जना कहाँ र कसरी भेट्नु भएको थियो, त्यही ठाउँमा फेरी भेट्ने कार्यक्रम बनाउनुहोस ता कि कुराको सुरुवात गर्न झनै सजिलो होस् ।

ग. रोमान्टिक फिल्म हेर्दा मानिसको मन प्रेमिल बनेको हुन्छ । दुवै जना फिल्म हेर्न जाने र फिल्मको बिच वा ब्रेक टाइममा त्यही प्रेमिल मनको उपयोग गर्ने तरिकाले आफूलाई लागेको कुरा भन्ने वा प्रस्ताव गर्न सकिन्छ । त्यो बेला उनको प्रतिक्रिया कस्तो हुन्छ, जाँच गर्ने मौका पनि हो ।

घ. आफ्नो मायालाई अझ आत्मीय र सहज बनाउन पार्कमा गरिने ड्राई पिकनिकले पनि ठुलो महत्त्व राख्ने गर्दछ । हुन त झट्ट हेर्दा पिकनिक गर्ने कार्यक्रम अति सरल देखिए पनि यो त्यति नै रोमान्टिक र एक अर्कालाई नजिक बनाउन सहयोग सिद्ध हुने गर्छ ।

ङ. युवतीहरु अक्सर बहादुर युवाहरू तर्फ आकृष्ट हुन्छन् । खुलेर प्रेम प्रस्ताव राख्ने मानिसहरू उनीहरूलाई बढी मनपर्छ । त्यसमा पनि विभिन्न सञ्चारमाध्यमहरु जस्तै रेडियो टिभीबाट प्रसारित हुने विभिन्न टेलिफोनिक’ कार्यक्रमहरू मार्फत आफ्नो मायालाई सम्झउन, सुनाउन तथा भावनाहरू राख्न सकिन्छ । गीत संगीतहरु उनैलाई समर्पित गर्नुले पनि मायाको डोरीलाई कसिलो बनाउने गर्छ ।

च. कसैलाई आफूप्रति आकर्षित गर्नका लागि आश्चर्यजनक गिफ्ट दिनु पनि सरल उपाय मध्यको एक हो । अझ बिशेषगरि सरप्राइज गिफ्ट दिने प्रयास गर्नुहोस |

छ. सामाजिक संजालबाट नजिक हुनुभएको छ भने बिशेषगरि ग्रुपमा उसले गर्ने पोस्ट हरुमा सकारात्मक कमेन्ट गर्ने गर्नुहोस तर पोस्ट मै आई लभ यु जस्ता शब्द कदापी प्रयोग नगर्नुहोस | मतलब आफ्नो स्ट्याण्डर्ड पनि मेन्टेन गर्नुहोस |