आज ३ सय ६२ जना कोरोना संक्रमित

  • प्रकाशित मिति : January 9, 2021
  • loktantriknews

नेपालमा आज ३ सय ६२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५७ हजार ९ सय २८ जना संक्रमणमुक्त भएका छन् । आज तीन जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।