मधेशको सेन्टिमेन्ट बटुल्दै ओली :काठमाडौंमा धोती जुलुस

  • प्रकाशित मिति : January 9, 2021
  • loktantriknews

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा विशाल प्रदर्शन भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भातृ संगठन युवा संघको आयोजना शनिबार काठमाडौंमा विशाल प्रदर्शन भएको हो ।



उक्त प्रदर्शनको नेतृत्व नेता महेश बस्नेतले गरेका छन् । जुलुसमा सहभागीहरुले धोती, कुर्ता, गम्छा, लगाएका थिए । उनीहरुले ‘केपी ओली जिन्दावाद, साथ दिन तयार छौँ, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, धोती, कुर्ता, गम्छा मधेसी के शान बा, केपी ओली हमनी सबके जान बा,’ भन्ने जस्ता नारा लगाएका थिए ।

 

उक्त जुलुस बबरमहलबाट निस्केर माइतीघर हुँदै प्रज्ञा भवन पुगेको थियो । जुलुसको नेतृत्व नेता महेश बस्नेत लगायतले गरेका थिए । प्रज्ञा भवनमा हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सम्बोधन गर्नेछन् ।