आज मंगल चौथी, धन प्राप्तिका लागि यसरी गर्नुस् गणेशको पूजा !

  • प्रकाशित मिति : October 20, 2020
  • loktantriknews

काठमाडौं । हरेक महिनामा दुई पटक चौथी तिथि हुन्छ जसलाई भगवान श्री गणेशको तिथि मानिन्छ । हिन्दु संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिध्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्दछन् । भगवान श्री गणेशलाई मंगलकारक देवताका रूपमा पूजा गर्ने चलन छ । आज मंगलवारलाई भगवान् गणेशको दिनको रुपमा मान्ने चलन पनि छ । यिनै भगवान गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ । मंगलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरुले आजकै शुभ दिनबाट व्रत प्रारम्भ गर्ने गरेको पाइन्छ ।

कसरी गर्ने मंगल चतुर्थीमा गणेशको पूजा



विहान सबेरै उठेर स्नान आदी गरेर रातो रंगको वस्त्र लगाउने र सूर्य भगवानलाई तामाको लोटाबाट अर्घ्य दिने । भगवान गणेशको मन्दिरमा एउटा जटा भएको नरिवल र मोदक प्रसादको रुपमा लिएर जाने । उनलाई गुलाबको फूल र दूबो अर्पण गर्ने तथा ॐ गं गणपतये नमः मंंत्रलाई २७ पटक जाप गर्ने तथा धूप दीप अर्पण गर्ने ।

दिउँसो पूजाको समयमा खाफ्नो घरमा आफ्नो सामर्थ्य अनुसार पीतल, तामा, माटो अथवा सुन वा चाँदीबाट निर्मित गणेश प्रतिमा स्थापित गर्ने । संकल्प गरेर पूजापछि श्री गणेशको आरती गर्ने तथा मोदक बच्चाहरुलाई बाँड्ने ।

रोकिएको धन प्राप्तिका लागि पूजा

गणेश चतुर्थीको दिन विहानै स्नान गर्ने र सफा लुगा लगाएर गणेशजीको पूजा गर्ने । भगवान गणेशलाई दूबोले बाँधेर माला बनाएर अर्पित गर्ने । साथै उनलाई शुद्ध घ्यू र गुड़को भोग लगाउने र ‘वक्रतुण्डाय हुं’ मन्त्रलाई ५४ पटक जाप गर्ने । धन लाभको प्रार्थनाको केही समयपछि घ्यू र गुड़ गाईलाई खुवाउने अथवा कोही निर्धन व्यक्तिलाई दिने जसले गर्दा धनको समस्याबाट मुक्ति मिल्छ । ऐसा लगातार पाँच विनायक चतुर्थीमा गर्ने तपाईलाई तपाईको राकिएको धन जरुर मिल्छ ।

बाधा र संकटको नाशको उपाय

विहानको समयमा पहेलो वस्त्र धारण गरेर भगवान गणेशको अगााडी बस्ने, उनको सामने घ्यूको चौमुखी दीयो बाल्ने । आफ्नो उमेर बराबर लड्डू राख्ने र एक एक गरी सबै लड्डू चढाउने र हरेक लड्डूका साथमा ‘गं’ मन्त्र जपी रहने । यसपछि बाधा हटाउन प्रार्थना गर्ने र एक लड्डू स्वयं खाने र बाँकी लडडू बाँड्ने । भगवान सूर्यनारायणको सूर्याष्टकलाई गणेश जी को सामने ३ पटक पाठ गर्ने ।

बच्चालाई बुद्धिको वरदान

भगवान गणपति बुद्धि र समझदारीका देवता हुन् । इनको पूजा उपासना गरेर कोही पनि अत्यन्त तीव्र बुद्धि र विद्यालाई प्राप्ति गर्न सक्छन् । भगवान गणपतिलाई ५ मोदक र ५ रातो गुलाबको फूल तथा ५ वटा हरियो दूबो चढाउने । एउटा गाईको घ्यूमा मुछेर दीयो बाल्ने र ॐ बुद्धिप्रदाये नमः मन्त्रलाई १०८ पटक जप गर्ने । एउटा मोदक प्रसादको रूपमा घर ल्याउने र अरु बच्चाहरुलाई खुवाउने तथा बाँकी मोदक साना बच्चाहरुमा बाँडिदिने ।

बच्चालाई मिल्छ भरपूर सफलता

विहानै आफ्नो घरको पूर्व दिशातर्फ भगवान गणपतिको पूजा अर्चना १०८ दूबोले गर्ने । गाईको घ्यूको दीयो बालेर वक्रतुंडाय हुं मँत्रको १०८ पटक जाप गर्ने । जाप पछि पूजाको स्थानमा राखिएको जल र दूबोले सबै घरभरि छर्कने ।