अब गाडी चढ्दा फेस शिल्ड अनिवार्य

  • प्रकाशित मिति : October 19, 2020
  • loktantriknews

काठमाडौं । सरकारले लामो तथा मध्यम दूरीमा यात्रा गर्ने यात्रुलाई फेस शिल्ड (भाइजर) लगाउन अनिवार्य गरेको छ । कोरोना भाइरसको जोखिमसँगै दशैँमा ओहोरदोहोर गर्नेको सङ्ख्या पनि बढ्ने भएकाले फेस शिल्ड अनिवार्य लगाउन यातायात व्यवस्था विभागले आग्रह गरेको हो ।

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रु आफैँले फेस शिल्डको व्यवस्था गर्नु पर्ने जनाएको छ । विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन यात्रु आफै सचेत हुनुपर्ने बताए ।