वेस्टर्न युनियनको ‘दशैंको सौगात’, नगद जित्न सक्ने यास्तो छ मौका

  • प्रकाशित मिति : October 19, 2020
  • loktantriknews

काठमाडौं । बडा दशैं, तिहार तथा छठको अवसरमा वेस्टर्न युनियनले नेपालमा ‘दशैंको सौगात’ प्रबर्धन योजना ल्याएको छ । जसमा ग्राहकहरुले कार्तिक १ गते देखि मंसिर २७ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।

यो प्रबर्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सिजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक रेमिटान्स र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्नेछ । सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्रमा समावेश हुनेछ । यो योजनाअन्तर्गत हरेक हप्ता १० जना भाग्यशाली विजेताले २५ हजार जित्नेछन् । यो योजना डिसेम्बर १२ तारिखसम्म लागू हुनेछ ।