पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : September 7, 2020
  • loktantriknews

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ९८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ।