पुल्चोक झडपमा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति : September 7, 2020
  • loktantriknews

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा २० जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका तीन जनालाई प्रहरीले छोडिसकेको छ।

बाँकी रहेका १६ जना मध्ये ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। यीमध्ये १७ जनालाई सार्वजनिक शान्तिविरुद्धको मुद्दा लगाइएको छ। पक्राउ परेका केहीको कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी छ।



उनीहरुलाई छाड्न नेवार सामुदायले सोमबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा धर्ना दिएका थिए।